aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सरकार र डा महावीर पुनबीचमा सात बुँदे सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
himalayanlife
सरकार र डा महावीर पुनबीचमा सात बुँदे सहमति
DHI
NIBL

काठमाडौं । सरकार र डा महावीर पुनबीचमा सात बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सरकारले  विष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत जनाएको छ । सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न कोष स्थापना गर्ने छ । कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ । 

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस