aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विशेष आर्थिक क्षेत्रका ठूला ठूला संरचना प्रयोगविहिन

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १८ बैशाख २०८०
himalayanlife
विशेष आर्थिक क्षेत्रका ठूला ठूला संरचना प्रयोगविहिन
DHI
NIBL

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)हरूमा सरकारले औद्योगिक पूर्वाधार तयारीमा भन्दा पनि ठूलाठूला प्रशासनिक भवन, कर्मचारी आवास र सभाहलजस्ता संरचना निर्माणमा लगानी गरेको देखिएको छ ।

तयार भएका भैरहवा र सिमरा सेजमा पर्याप्त मात्रामा उद्योग सञ्चालन नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औद्योगिक पूर्वाधार तयार नगरी त्यस्ता संरचना निर्माण गरेका कारण निर्मित संरचना प्रयोगविहीन रहेको औंल्याएको हो ।उक्त प्रतिवेदनले सेजका प्रशासनिक भवन, कर्मचारी आवास ९क्वाटर० तथा सभाहलहरू प्रयोगविहीन रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस