शीर्षकहरू

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनलमा पुगेको छ । अब एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ  । यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । 

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो ।