शीर्षकहरू

विदेशमा मृत्यु भएका मोहनको परिवारलाई गुराँस लाइफले दियो १३ लाख

विदेशमा मृत्यु भएका मोहनको परिवारलाई गुराँस लाइफले दियो १३ लाख

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।   

कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।  

क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका हुन् । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गरेका थिए । 

मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेका छन् । रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बिमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ । बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताए ।