शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीको लगानी योग्य रकम ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढि अवधिका लागि लगानी गर्न लागिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सो रकमका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भाग लिन पाउनेछन् । जसका लागि बैैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरि सूचना प्रकाशित भएको ७ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्नेछ । केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त भउको प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ । त्यस्तै, फाराम कम्पनीको वेभसाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।