शीर्षकहरू

यो साता काठमाण्डैं उपत्यका संसारकै बढी प्रदूषित सहर कसरी भयो ?

यो साता काठमाण्डैं उपत्यका संसारकै बढी प्रदूषित सहर कसरी भयो ?

काठमाडौं । यो साता काठमाण्डैं उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि देखिएको थियो। एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्दा त्यस्तो खराब स्तर देखापरेको थियो। 

वन डढेलो र अन्नबालीका खोस्टा जलाउने प्रवृत्ति जस्ता विभिन्न कारणले अहिले प्रदूषण बढेको बताइएको छ। गत वर्ष एप्रिल १ देखि १५ मा देशका विभिन्न ३३ स्थानमा डढेलो लागेको थियो भने यो वर्ष त्यही समयमा ४०० भन्दा बढी स्थानमा डढेलो लागेको तथ्याङ्कले देखाउँछ।

सन् २०२१ को सुख्खा याममा पनि विभिन्न ३,०९३ स्थानमा डढेलो लागेका कारण देशका विभिन्न भागमा तुवाँलोको तह देखिएको थियो र प्रदूषण उच्च बनेको थियो। केही दिनयता काठमाण्डू उपत्यका, तराई तथा देशको मध्य र पूर्वी भागमा पनि यस्तै तुवाँलोको तह देखिएको छ।