शीर्षकहरू

चीन तर्फका नाका एकपछि अर्को खुल्दै

चीन तर्फका नाका एकपछि अर्को खुल्दै

काठमाडौं । कोभिड संक्रमण बढेसँगै बन्द भएका चीनतर्फका व्यापारिक नाका एकपछि अर्को खुल्ने क्रम सुरु भएको छ । गत चैत १८ देखि केरुङतपफर्को नाका पूर्ण रुपमा सञ्चालनमा आएकोमा यही वैशाख १८ देखि तातोपानी नाका पनि खुल्ने भएको हो ।

तातोपानी नाका खुलाउने तथा सिमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच मंगलबार द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारी सहभागी थिए ।