शीर्षकहरू

सुखी सूचकांकमा नेपाल ७८ औं स्थान, सार्कमा सबैभन्दा सुखी देश

सुखी सूचकांकमा नेपाल ७८ औं स्थान, सार्कमा सबैभन्दा सुखी देश

  • नरसागर श्रेष्ठ 

आर्थिक विकासको जटिल र बृहत् अवधारणामा सुखीको स्तर समावेश गर्ने भनी भुटानका तत्कालीन प्रधानमन्त्री थिन्ले र गोल्डम्यान सचका अध्यक्षको सिफारिसमा सन् २०१२ को संयुक्त राष्ट्र संघको साधारणसभाले प्रस्ताव पारित गरी मानिसले अनुभूत गरेको सुखीपनालाई पनि आर्थिक विकासको महत्वपूर्ण अंगको रूपमा मानिन थाल्यो ।

संयुक्त राष्ट्र संघले यस्तो सर्वेक्षण गरी सन् २००२ देखि प्रतिवेदन प्रकाशन गर्दै आइरहेको छ । यो वर्ष यो प्रतिवेदनले आफ्नो १० वर्षगाँठ पनि मनाएको छ । यो प्रतिवेदन तयार गर्ने कार्यमा बेलायत, अमेरिका, क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका अर्थशास्त्र, सार्वजनिक नीति निर्माण र मनोविज्ञानका प्रतिष्ठित प्राध्यापकहरूको सहभागिता रहेको र यसले सरकारको सार्वजनिक नीति तर्जुमा र कार्यान्वयनमा समेत बल पुग्ने आशा गरिएको छ ।

यसले आर्थिक विकासको एकीकृत अवधारणालाई जोड दिएको पाइन्छ । आर्थिक, सामाजिक र राजनीतिक विकासको मुख्य उद्देश्य नै मानव सुखलाई बढावा दिनु हो । यो प्रतिवेदनले सुखको विज्ञानलाई एउटा नयाँ उदीयमान शास्त्रको रूपमा लिइएको छ । यसले विकास प्रयासको उद्देश्य भनेको मानिसको सुख र भलाइ अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिएको पाइन्छ । यो प्रतिवेदनले जनताले आफ्नो जीवनको मूल्यांकन कसरी गरिरहेको छ भन्ने कुराको स्पष्ट दिशानिर्देश गर्छ ।

यो सूचकांक गणना गर्दा ६ वटा सूचकलाई आधारको रूपमा लिएको पाइन्छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सरकारको सामाजिक सहयोग, स्वस्थ औसत आयु, जीवनमा छनोटका अवसरहरूको उपलब्धता, भ्रष्टाचार सम्बन्धमा आन्तरिक र बाह्य धारणालाई लिइएको छ र यो ६ वटा चरलाई एकै ठाउँमा राखेर एक अंकको सिर्जना गरी यो सूचकांक तयार गर्ने गरिन्छ । यो अंक गणना गर्न डाइसटोपा नाम गरेको एउटा काल्पनिक देशको परिकल्पना गरिएको छ, जुन संसारमा सबभन्दा दुःखी मानिस बस्ने देश मानिएको छ । यो सर्वेक्षण ग्यालप पोल व्यवस्थामा आधारित गरिएको छ । यो वर्षको सूचकांक गणना गर्दा सन् २०२० देखि २०२२ सम्मको कोभिड संक्रमणपछि देशहरूले हासिल गरेको प्रगतिलाई समावेश गरिएको छ ।

संयुक्त राष्ट्र संघले हालसालै प्रकाशन गरेको विश्व सुखी सूचकांकमा नेपाल ७८ औं स्थानमा रहेको मात्र होइन कि सार्क मुलुकहरूमा नेपाललाई सबैभन्दा सुखी देशको दर्जामा राखिएको छ, जुन स्पष्ट नेपालीहरूका लागि सुखदको विषय बन्न पुगेको छ । १ सय ५० देशमा ग्यालप सर्वेक्षण गरी प्राप्त नतिजालाई विश्लेषण गरेर नेपाल ७८ औं स्थानमा रही दक्षिण एसियामै सबैभन्दा सुखी देश बनेको छ ।

सन् २०२० मा नेपालले ५।१३७ अंक प्राप्त गरेकोमा गत वर्ष नेपालले ५।२६९ अंक प्राप्त गरेको छ । यो सर्वेक्षणमा भुटान समावेश भएको थिएन । दक्षिण एसियाका दुई ठूला देश पाकिस्तान र भारतको स्थान १ सयभन्दा माथि छ । अफगानिस्तान सबैभन्दा कम अंक प्राप्त गर्ने देशको रूपमा रहेको छ । फिनल्यान्डले लगातार छैटौं वर्षमा आफ्नो पहिलो स्थान कायम गर्न सफल भएको छ । उक्त देशले ७।८४२ अंक प्राप्त गरेको छ भने डेनमार्क दोस्रो र आइसल्यान्ड तेस्रो स्थानमा रहेको छ । इजरायल र नेदरल्यान्ड क्रमशः चौथो र पाँचौं स्थानमा रहन सफल भएका छन् । उच्च स्थान हासिल गर्ने देशहरू उत्तर युरोपका देशहरू परेका छन् ।

विश्व सुखी प्रतिवेदन, २०२३ ले एकातिर सुखी विज्ञानका आधारभूत पक्षहरूको व्याख्या गरेको पाइन्छ भने अर्कातिर कोभिड–१९ को संक्रमणका कारण विश्वमा आएको नैराश्यता र मानिसहरूमा आएको मानसिक परिवर्तन, एकआपसमा सहयोग गर्ने, सहयोगी संस्थाहरूलाई स्वस्फूर्त रूपमा सहयोग गर्ने र आगन्तुकहरूलाई मद्दत गर्ने मानवीय भावनामा भएको विकासजस्ता सकारात्मक पक्षहरूको पनि उल्लेख गरिएको पाइन्छ ।

यो प्रतिवेदनले जुन देशमा जनताले सरकारी अधिकारी र संस्थाहरूलाई विश्वास गरेको छ त्यहाँ कोभिड–१९ का कारणले मृत्युदर कम भएको कुरा पनि स्पष्ट रूपमा औंल्याएको छ । यो प्रतिवेदनले विगत एक दशकको अवधिमा सर्वसाधारण जनताको सुखी मापन गर्ने कार्यलाई सार्वजनिक नीतिको एउटा महत्वपूर्ण अवयवका रूपमा लिन थालेको कुरा पनि उल्लेख गरिएको पाइन्छ ।

सुखीपनालाई जीवन र त्यसको संवेगबाट मापन गरिएको र यी कुरा संकटको अवस्थामा कसरी कायम रह्यो र जब मानिसहरूमा विश्वास, परोपकारी भावना र समर्थनमूलक सामाजिक सम्पर्कले समाजलाई अगाडि बढ्न कसरी सहयोग ग¥यो भन्ने कुरा देखाउन खोजेको छ । यो वर्षको प्रतिवेदनले निम्न प्रश्नहरूको उत्तर खोजेको पाइन्छः

(राष्ट्रिय सुखीपन नाप्ने सर्वमान्य मापदण्ड के हो र यसका लागि राज्यभित्र रहेका व्यक्ति र संस्थाहरूबाट कस्तो व्यवहारको अपेक्षा गरेको छ रु
(विगत तीन वर्षको दौरानमा जनताको विश्वास परोपकारी भावनाले सुखीलाई समर्थन गर्नुका साथै जीवन बचाउन के योगदान गर्‍यो रु
(राज्यको प्रभावकारिता भनेको के हो र यसले सुखीपनामा के प्रभाव पार्छ रु

– व्यक्तिको स्वार्थहीनको भावनाले उसको सुखीपनामा कसरी प्रभाव पार्छ र यसले सेवा लिने र समग्र समाजको सुखीपनालाई कसरी असर गर्छ रु

– सामाजिक सञ्जालको तथ्यांकले समाजमा विद्यमान सुखी र संकटको अवस्थालाई कसरी नाप्छ रु

यो वर्षको प्रतिवेदनले अफगानिस्तान र लेबनानजस्ता देशहरू युद्धका कारण सबैभन्दा दुःखी देशहरूको सूचीमा रोखेको पाइन्छ । जुन देशमा आर्थिक असमानता कम छ ती देशका मानिस तुलनात्मक रूपमा असमानता बढी भएका देशहरूको तुलनामा सुखी बढी भएको निष्कर्ष पनि यो प्रतिवेदनको रहेको छ । अफ्रिकामा सुखीपनाको न्यूनता बढिरहेको छ भने विश्वस्तरमा सुखीपनाको न्यूनता स्थिर रहेको प्रतिवेदनको ठम्याइ छ ।

साथै, गत वर्ष युक्रेनमा सहयोगीको भावना वृद्धि भइरहेको र रूसमा यो भावनामा गिरावट आएको निष्कर्ष पनि प्रतिवेदनले निकालेको पाइन्छ । प्रतिवेदनमा राज्यका चारवटा क्षमताले मानिसको सुखीपनामा प्रभाव पार्ने कुरा उल्लेख गरेको पाइन्छ । ती हुन्ः राजस्व उठाउने, सेवा दिने, गृहयुद्ध रोक्ने र दमन रोक्ने क्षमता । परोपकारी भावनाभित्र असल कार्य गर्ने र असल भावना राख्ने कार्य पर्छन् र व्यक्तिहरूको परोपकारी भावना र सुखीपनाको बीचमा धनात्मक सम्बन्ध रहने कुरा पनि यो प्रतिवेदनले गरेको पाइन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुखीपनालाई मापन गर्न यो प्रतिवेदनले तीनवटा प्रगति पुस्ताहरूको व्याख्या गरेको पाइन्छ । सामाजिक सञ्जालका समायोजनकर्ताले सामाजिक सञ्जालबाट तथ्यांक संकलन गर्ने र उपयुक्त प्राकृतिक भाषा प्रयोग गर्ने तथा सामाजिक सञ्जालमा रहेका सूचनालाई नीति मूल्यांकन गर्ने, पृष्ठपोषण दिन उपयोग गर्ने जस्ता कार्यहरू तीन पुस्ताभित्र पर्ने कार्य हुन् ।

सन् १९९५ देखि पाठ्यपुस्तकहरूमा यो शब्दको प्रयोग बढेको र सन् २०१० पछि अर्थशास्त्रमा सुखीसँग सम्बन्धित अनुसन्धानहरूको प्रकाशन कम हुँदै गएको तथा सुखी अर्थशास्त्रको रूपमा छुट्टै विषय प्रतिपादन भएको पनि देखाइएको छ । यो विषयमा अध्ययन–अनुसन्धान गर्ने कार्यहरू युरोप, उत्तर अमेरिका, पश्चिम युरोप र अस्ट्रेलियामा बढेको र सन् २००९ मा अमेरिकामा देखा परेको वित्तीय संकट, विश्वमा बढ्दै गएको असमानता र बढ्दै गएको वातावरण विनाशले गर्दा भविष्यको कल्याण प्रक्षेपण गर्न परेका कठिनाइलाई परम्परागत आर्थिक विचारधाराले सम्बोधन गर्न नसकेको तथ्य पनि यो प्रतिवेदनले औंल्याएको पाइन्छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र आन्तरिक तथा बाह्य रूपमा भ्रष्टाचार सम्बन्धमा जनताले अनुभूत गरेका दुईवटा सूचकबाहेक अरू सूचकहरूमा नेपालले गरेको प्रगतिले गर्दा नेपाल दक्षिण एसियामा सबैभन्दा सुखी देश हुन सफल भएको मान्नुपर्छ । नेपालको औसत आयु ६९ वर्ष पुगेको, प्रतिदिन अमेरिकी डलर एकभन्दा कम आय हुने निरपेक्ष रेखामुनिको जनसंख्याको मात्रा १५ प्रतिशतमा झरेको, बालमृत्युदर र शिशु मृत्यृदर ३२ र ३९ प्रतिहजार, मातृमृत्युदर २ सय ३९ प्रतिलाख जीवित जन्ममा जस्ता क्षेत्रहरूमा भएको प्रगतिका कारण सामाजिक समर्थन र स्वस्थ औसत आयुमा नेपालले अरू दक्षिण एसियाली देशहरूभन्दा बढी अंक प्राप्त गर्न सफल भयो ।

विगत केही वर्षहरूमा शिक्षाक्षेत्रमा भएको विस्तारले साक्षरता प्रतिशत ७५ पुग्नु र कोभिड–१९ को संकटमा मृत्युदर छिमेकी देशहरूभन्दा कम हुनु तथा कोभिडविरुद्धको खोप कार्यक्रम पनि सफलताका साथ सञ्चालन हुनुबाट पनि नेपालको स्थान उच्च रहन सफल भएको मान्नुपर्छ । केही समयअगाडि थोमस पिकेटीले प्रकाशन गरेको विश्व असमानता सूचकहरूमा श्रम बजारमा महिला सहभागितामा नेपालमा अरू दक्षिण एसियाली देशहरूको तुलनामा राम्रो देखाइएको थियो ।

नेपालको मानव विकास सूचकांक ०।६०२ पुगेको छ । नेपालले सहस्राब्दी विकास लक्ष्य ९सन् २०१५ सम्म० मा शिक्षा क्षेत्रका सबै लक्ष्य हासिल गरेको र स्वास्थ्य क्षेत्रमा दुईवटा बाहेक सबै लक्ष्य हासिल हुनु र सन् २०१८ सम्ममा नेपालको साक्षरता प्रतिशत ७५ पुगेको र १५ देखि २४ वर्षसम्म उमेर समूहको जनसंख्याको साक्षरता प्रतिशत ८९ पुगेबाट सामाजिक क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको देखिन्छ । राजनीतिक स्थिरताका साथ भ्रष्टाचार नियन्त्रणमा सरकारले सफलता प्राप्त गर्न सकेमा नेपालको स्थान अझ माथि उक्लिने विषयमा दुईमत हुन सक्दैन ।