शीर्षकहरू

बाराका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

बाराका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो । 

उनहरुविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो । सिम्रौनगढ नगरपालिकाले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । 

आयोगका अनुसार सिम्रौनगढ नगरपालिका बाराको आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान÷विस्तार गर्ने कार्य भएको थियो । जसका लागि सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवले टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको पाइएको छ । 

तर, उनीहरुले सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको पाइएको छ । उनीहरुले एक लाख उनान्सय हजार आठ सय सन्तानब्बे रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । उनीहरु तीनै जना विरुद्ध आज विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।