शीर्षकहरू

‘सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ’

‘सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै  वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो समयमा हामी अत्यन्त सङ्कटमा छौ । आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो । तर  पछिल्ला केही समय  रेमिटेन्स  र  पर्यटकको सङ्ख्या  बढेको छ । यो समयमा सरकार र  केन्द्रीय बैकले केही नीति परिमार्जन  गर्ने हो भने संकट सहज हुँदै जान्छ । ढकालले भने, ‘यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होइन हातेमालो गरेर संकटबाट पार लगाउने हो ।’

वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले  भने, ‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रूपमा बुझ्नु गलत हो । मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित कार्यक्रममा ढकालले भने, नेपाल उद्योग वाणिज्य महासंघ  प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’

उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दे  सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे । उनले भने, ‘बरु तीन वर्षबाट दुई बर्षे कार्यकाल बनाऔँ । तपाईँहरू तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यही अवस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ ।’