शीर्षकहरू

दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बिहिबार नेप्सेले जीवन विकास र एनएमबी लघुवित्त वित्तीय संस्था को शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत बोनसपछिको शेयरमूल्य १३७० दशमलव २६ रुपैयाँमा समायोजन भएके छ । कम्पनीको अन्तिम कारोबार १५६६ रुपैयाँमा भएको थियो । 

त्यस्तै, एनएमबी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५०९ दशमलव ०९ रुपैयाँमा समायोजन भएको छ । नेप्सेले संस्थाको १० प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अन्तिम कारोबार ५६० रुपौयँमा भएको थियो ।