
काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ६७ पैसा र बिक्री दर १४३ रूपैयाँ ३२ पैसा कायम छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ २४ पैसा र बिक्री दर १४३ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७६ पैसा र बिक्री दर ८८ रुपैयाँ १६ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस