शीर्षकहरू

बीमाको रकम हत्याउन श्रीमतीले नै गरिन् श्रीमानको हत्या

बीमाको रकम हत्याउन श्रीमतीले नै गरिन् श्रीमानको हत्या

काठमाडौं । बीमाको रकम हत्याउन आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार श्रीमान शिवशंकर दासको नाममा रहेको बीमा पाउने लोभमा कोशिलादेवीले करेन्ट लगाएर हत्या गरेकी थिइन् । गत कात्तिक ६ गते भएको उक्त घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता देखिएको प्रहरीको भनाइ रहेको छ । 

शिवशंकरको श्रीमती र नातामा भाउजू पर्ने शान्तिदेवी दासको सहयोगमा हत्या गरिएको प्रहरीले बताएको छ । उनीहरूले प्रहरीसमक्ष ऋण चुक्ता गर्न र छोरीको विवाह गर्ने दासको हत्या गरेको बयान दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । 

शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बिमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएको र तिर्ने समयमा आनाकानी गर्न थालेपछि शान्तिदेवीले केशिलालाई पतिको हत्या गरेर बीमाको रकम उठाउन सुझाएको देखिएको प्रहरीको भनाइ छ । 

कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएपछि भान्छा कोठामा सुतेका उनलाई बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको प्रहरी समक्ष स्विकारेकी छिन् ।