शीर्षकहरू

महुली लघुवित्तको वार्षिक साधारण सभा बैशाख ९ गते

महुली लघुवित्तको वार्षिक साधारण सभा बैशाख ९ गते

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा २०८० साल बैशाख ९ गते गर्दै छ । सभाकम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजेदेखि शुरूहुने कम्पनीले जानकारी दिएको छ ।

सभाले गतआर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति दिनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै सभामा प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव समेत पेश गरिनेछ । साथै सभाले अन्यकुनै लघुवित्तवित्तीय संस्थासँग एक आपसमा गाभ्न/गाभिन वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यसको आधारमा चैत २८ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्यहुनेछन् । चैत १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभागर्ने निर्णय गरेको हो ।