शीर्षकहरू

युवा व्यवसायी चिराग गोयलले समेत एफएनसीसीआईको चुनावमा उम्मेदवारी दिने

युवा व्यवसायी चिराग गोयलले समेत एफएनसीसीआईको चुनावमा उम्मेदवारी दिने

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत्र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ नयाँ उम्मेदवारी घोषणा भइरहेका छन्। यस क्रममा एसोसिएट तर्फबाट केन्द्रीय सदस्यका लागि गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्। 

निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक भैसकेको छ। जस अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समितिका सदस्यको निर्वाचनको लागि उम्मेदवार मनोनयन गर्न इच्छुक सदस्यहरूले चैत २१ भित्र महासंघ सचिवालयमा मनोनयन दर्ता गराइसक्नुपर्नेछ । 

एफएनसीसीआईको निर्वाचनमा एक होनाहार युवा उम्मेदवारकारुपमा उत्रिएका उनी नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को काठमाडौं च्याप्टरको अध्यक्ष समेत हुन् ।  जो एफएनसीसीआईको नेतृत्व तहमा पुग्ने तयारीमा लागेका छन् । 

स्टार्टअप र युवा उद्यमीहरूको विकास गर्न मद्दत गर्न प्रतिबद्ध संस्थाको नेतृत्व गरिरहेका उनी विशेषगरि पछिल्लो समय युवा उद्यमीहरूको समस्यामा केन्द्रित छन्। त्यस्ता समस्याहरूलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि उनी सहयोग गर्दै आएका छन् ।    

उनी विगत १० वर्षदेखि व्यवसायीक क्षेत्रमा लागिरहेका छन् । विगत एक दशकदेखि व्यापारमा संलग्न रहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आबद्ध रहेका छन् । आफू व्यवसायी भए पनि नाफामा मात्र नभई समाज र राष्ट्रको समग्र विकासमा विश्वास गर्ने उद्यमीका लागि काम गर्न रुचि रहेको उनले बताएका छन् ।  

उच्च विद्यालय र विश्वविद्यालय स्तरमा उद्यमशीलता र रोजगारी सिर्जनाको बारेमा चेतना जगाउने उद्देश्यले विभिन्न सेमिनार, कार्यक्रम र सम्मेलनहरू सञ्चालन गरेर एनवाईईएफ मार्फत नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्न उनी गोयल लागि परेका छन् । उनको मुख्य एजेन्डा युवाहरूलाई उद्यमशीलतामा प्रवर्द्धन गर्नु र यो बाटो लिन चाहने महिलाहरूलाई सहयोग प्रदान गर्ने रहेको छ ।

गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरेका छन् । उनले भूकम्पपछि संस्था स्थापना गरेर १०६३ वटा घर बनाएका छन् । कोरोना महामारीका बेलामा समेत उनले क्वारेनटाइन बनाउन आफ्नै निजी निवास निःशुल्क उपलब्ध गराउनुका साथै नि:शुल्क खाना समेत वितरण गरेका थिए । 

यसका साथै युवा र महिलाहरूलाई प्रेरणा दिने खालका कार्यक्रम गर्ने गरेका छन् । नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीहरूका लागि उनले काम गरिरहेका छन् । बाहिर देशहरूमा स्टार्टअपको ठूलो मात्रामा भइरहेको छ । तर, नेपाल सरकारले यसबारे त्यति चासो दिएको देखिदैन । नेपालमा पनि स्टार्टअप पोलिसी ल्याउन उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सुझाव समेत दिएका छन् ।      

उनले रुसको संघीय एजेन्सी अफ यूथ अफेयर्सले सन् २०१८ मा क्रिमियामा आयोजना गरेको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा समेत सहभागिता जनाएका थिए। जसमा रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन पनि उपस्थित थिए । 

जनसेवा श्री पदकबाट विभूषित गोयल महासंघको ५७ औँ वार्षिक साधारण सभाबाट निर्वाचित हुने कुरामा आफू ढुक्क रहेको बताउँछन्। नयाँ कार्यकारिणी समितिको लागि चैत २९ गते बिहान ८ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान हुने महासंघले जनाएको छ ।