शीर्षकहरू

शाओमीले सार्वजनिक गर्यो शाओमी १३ लाइट

शाओमीले सार्वजनिक गर्यो शाओमी १३ लाइट

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज शाओमी १३ लाइट नेपाली  बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप  क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित  छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “शाओमीको लक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु  हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो  कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं ।”

यस शाओमी १३ लाइटमा ५० एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको आईएमएक्स ७६६ सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल  फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार  पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश  गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम  बनाउँछ । यसमा भएको २ह सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम  बनाउँछ ।