शीर्षकहरू

मन्त्री छान्न सकस, नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मन्त्री छान्न सकस, नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने गरि विस्तारको तयारी गरेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले भोलि बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको हो । 

बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने तथा प्रचण्ड नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको छानेट गर्ने बताइएको छ । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिन लागेको बारा क्षेत्र नं. २ मा प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने बारेमा पनि छलफल हुने भएको छ । 

प्रधानमन्त्री प्रचण्डले भने सोमबार सरकारले पूर्णता पाउने बताएका थिए । श्रोतका अनुसार आज सत्ता गठबन्धनको बैठक बसि मन्त्रालयहरुको भागबन्डा टुंगो लगाउने तयारीमा दलहरु रहेका छन् ।