शीर्षकहरू

मुलुकको आर्थिक समस्या समाधान गर्न सकारात्मक हस्तक्षेप गर्दैछौं : उपप्रधानमन्त्री श्रेष्ठ

मुलुकको आर्थिक समस्या समाधान गर्न सकारात्मक हस्तक्षेप गर्दैछौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा देखिएका आर्थिक समस्या समाधान गर्न सकारात्मक हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । शनिबार ललितपुरमा ललितपुर चेम्वर अफ कमर्शको तेस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै श्रेष्ठले अर्थतन्त्रमा गम्भीर प्रकृतिको समस्या देखिएकाले सरकारले सकारात्मक हस्तक्षेप गरेर समस्या समाधान गर्ने बताएका हुन् । 

सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यमा सरकार अघि बढिरहेको उनले बताए । उनले अव एकदुई दिनभित्रै मन्त्रिपरिषद् बिस्तारले पूर्णता पाउने र अर्थतन्त्रको समस्याका बिषयमा सरोकारवालासंग परामर्श गरेर प्रभावकारी कदम चालने जिकिर गरे ।

श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नीजि क्षेत्रसंगको सहकार्यलाई सरकारले प्राथमिकतामा नै राखेको जिकिर गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।