aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

नदी किनारमा बस्नेलाई महानगरको सातदिने अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ चैत्र २०७९
नदी किनारमा बस्नेलाई महानगरको सातदिने अल्टिमेटम
NIBL

काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारमा बसोबास गर्नेलाई सात दिनको अल्टिमेटम दिएको छ । नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना बनाएर बस्नेलाई एक साताभित्र हटाउन निर्देशन दिएको हो । 

शनिबार एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न समेत सूचनामार्फत सूचित गरेको छ । 

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । महानगरले नदी किनारका बस्तीलाई बारम्बार जानकारी गराएको र अब यो सूचनाको पनि अवज्ञा गरेमा स्थानीय सरकार सञ्चालन एने २०७४ प्रयोग गरिने समेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस