शीर्षकहरू

राहुल गान्धीको सांसद पद खारेज, फेरी चुनावमा उठ्न नपाउने

राहुल गान्धीको सांसद पद खारेज, फेरी चुनावमा उठ्न नपाउने

एजेन्सी। भारतीय कांग्रेस नेता राहुल गान्धीको संसद् पद शुक्रवार देखि रद्द भएको छ। उनी केरलाको वायनाडबाट संसद् सदस्यमा निर्वाचित भएका थिए। भारको संसद् सचिवालयले यो कुराको जानकारी दिएको छ। मानहानि मुद्रामा सुरतको अदालतले बिहीबार उनलाई २ वर्षको सजाय सुनाएको थियो। 

राहुल गान्धीले सन् २०१९ मा कर्नाटकको सभामा मोदी थर भएका सबै चोर भएको आरोप लगाएका थिए। राहुल गान्धीले भनेका थिए, 'चोरको थर मोदी। सबैको चोरको थर मोदी छ, चाहे उनी ललित मोदी होस् या नीरव मोदी हो वा नरेन्द्र मोदी।

यस्तै मामलामा राहुल गान्धीलाई सुरत अदालतले २ सालको सजाय र १५ हजार भारतीय रुपैयाँ जरिवाना लगाएको छ। सोही दिन उनलाई अदालतले ३० दिनको  जमानत पनि दिएको छ। 

राहुल गान्धीका वकिल बाबु मंगुकियाले भने कि मुख्य न्यायिक मजिस्ट्रेट एचएच वर्माको अदालतले राहुल गान्धीलाई आईपीसीको धारा ४९९ र ५०० अन्तर्गत दोषी ठहर गरेको थियो। उनले उच्च अदालतमा पुनरावेदन गर्ने मौका दिनको लागि उनलाई जमानत पनि दिए र ३० दिनको लागि सजाय स्थगित गर्‍यो।

सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको निर्णय बमोजिम कुनै यदि सांसद / विधायकलाई २ वर्ष वा सो भन्दा बढी सजाय हुन्छ भने उनको सदस्यता तत्काल  समाप्त हुनेछ। उनले अबको चुनाव पनि लड्न पाउने छैनन् ।