शीर्षकहरू

अचम्मलाग्दो गोल, विश्व कीर्तिमान कायम हुन सक्ने !

अचम्मलाग्दो गोल, विश्व कीर्तिमान कायम हुन सक्ने !

एजेन्सी। ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल भएको छ । काब्रेसल टोलीका अर्जेन्टिनाका गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सिधै अर्को पोष्टमा गोल गरेका छन् । अर्को शब्दमा भन्दा उनले एक किकमा गोलकिपरले कसैलाई पास नगरी गोल गरेका हुन् ।

चिलीको खेलकुद च्यानल टीएनटी स्पोर्ट्सका अनुसार गोलले १०१ मिटरको दूरी तय गरेको थियो। यदि गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणित गरेमा यसले फुटबल इतिहासमा सबैभन्दा लामो दूरीको गोलको रेकर्ड तोड्नेछ। सो खेलमा काब्रेसेलले कोलो-कोलोलाई ३-१ ले हरायो।

खेल चिलीको काब्रेसाल र कोलो–कोलो टिमबिच चलिरहेको थियो । खेलको ७७ औँ मिनेटमा केब्रेसेल टोलीले २–० को अग्रता लिएको थियो । काब्रेसेलका गोलकिपर लिआन्ड्रो रेक्वेनाले पेनाल्टी बक्सबाट लामो शट प्रहार गरे । सो क्रममा कोलो–कोलो टोलीका गोलकिपर ब्राय कोर्टेस पेनाल्टी बक्सबाहिर थिए । बल आयो र उनको टाउकोमा लाग्यो अनि गोलमा परिणत भयो।

गोल गर्ने खेलाडी रेक्विनाले चिलीको एक रेडियो कार्यक्रममा भने – मैले क्लबका प्रबन्धक जुआन सिल्भालाई यो कीर्तिमान बन्न सक्छ भनेर सोधेँ । अब हामी वास्तवमा दुरी के थियो भनेर हेर्न चाहन्छौँ। चिली फुटबल महासंघले मैदानको लम्बाइ हेर्न अधिकारीहरू पठाउनेछ। सम्पूर्ण फुटबल मैदान १५० मिटर लामो छ।

हालको सर्वाधिक लामो दुरीबाट भएको गोलको विश्व कीर्तिमान ९६ मिटरको रहेको छ। जुन सन् २०२१ मा इङ्गल्यान्डको चौथो टियर फुटबल लिगमा न्युपोर्ट काउन्टी र चेल्तेनहम टाउनबिचको खेलमा टम किङले बनाएका थिए।