aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

घुस लिएको रकमसहित पक्राउ परेका पाण्डे विरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
घुस लिएको रकमसहित पक्राउ परेका पाण्डे विरुद्ध मुद्दा दायर
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौंको शुद्धनगर स्थित विभागमा कार्यरत प्रमोद पाण्डेले ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले रगेंहात पक्राउ परेको थियो । 

निजले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग सो रकम मागेका थिए । अख्तियारका अनुसार उनले भ्रष्टाचारजन्य कुसर गरेका कारण भ्रष्टाचार निवारण ऐनले तोके बमोजिमको कैद र विगो बमोजिमको जरिवाना मागदावी गर्दै बुधबार विशेष अदालत काडमाडौमा आरोपपत्र दायर गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस