शीर्षकहरू

प्रधानमन्त्री प्रचण्डले यो महिनाको अन्तिमतिर भारतको भ्रमण गर्ने

प्रधानमन्त्री प्रचण्डले यो महिनाको अन्तिमतिर भारतको भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलीबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताउएका छन् । सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अव सरकार बिस्तार गर्ने बताएका हुन् । 

उनले केहि दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफुलाई प्रयाप्त विश्वासको मत प्राप्त भएकाले आरामसंग सरकार चल्ने जिकिर गरे । उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने बताए । 

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।