शीर्षकहरू

रवि लामिछानेले राहदानी मुद्दामा राहत पाए

रवि लामिछानेले राहदानी मुद्दामा राहत पाए

काठमाडौं । नागरिकता प्रकरणमा गृहमन्त्री पद र सभाषद पद छोड्न बाध्य भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रचण्ड सरकारले छुट दिएको छ । उनको पासपोर्ट विवादमा  लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरेर प्रचण्ड सरकारले उनलाई छुट दिएको हो । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सोमबार उनलाई मुद्दा नचलाउने निर्णय गरेको बताएका छन ।

राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएपछि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताले प्रतिक्रिया दिएको छ । झुटो विवरण पेस गरेर पासपोर्ट लिएको कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता भएको थियो ।