शीर्षकहरू

हिमाल आरोहणका लागि ५० जनाले लिए अनुमति, एक करोडबढी रोयल्टी संकलन

हिमाल आरोहणका लागि ५० जनाले लिए अनुमति, एक करोडबढी रोयल्टी संकलन

काठमाडौ‌ । यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणका लागि ५० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनका लागि २५ देशका २० जनाले आरोहणको अनुमति लिएका हुन् । जसबाट एक करोड २८ लाख ९८ हजार ९५० रुपैयाँ रोयल्टी संकलन भएको छ । 

विभागका अनुसार यो सिजनमा सुर्मा सरोवर आरोहणका लागि २ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख पाँच हजार ३२० रुपैयाँ रोयल्टी संकलन भएको छ । 

त्यस्तै, यो सिजनमा अन्नपूर्ण आरोहणका लागि सबैभन्दा बढी ३४ जनाले अनुमति लिएका छन् । जसमा १२ जना महिला र २२ जना पुरुष रहेका छन् । करोड १६ लाख ७ हजार ६६० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, पंग्री गोल्डुम्बा आरोहण लागि अनुमति लिएका ६ जनाबाट तीन लाख १६ हजार ४४० रुपैयाँ रोयल्टी संकलन भएको छ । 

मनास्लु हिमाल आरोहण लागि अनुमति लिएका ३ जनाबाट सात लाख ५ हजार ७८० रुपैयाँ र थोरोङ पिक आरोहणका लागि अनुमति लिएका ५ जनाबाट एक लाख ६३ हजार ७५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।