शीर्षकहरू

सहकारी बैंकको तरलता १० अर्ब नाघ्यो, ऋण लगानी भने घट्दै

सहकारी बैंकको तरलता १० अर्ब नाघ्यो, ऋण लगानी भने घट्दै

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षकाे फागुन मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारी बैंकमा २३.८२ प्रतिशत तरलता रहेको छ ।

फागुन मसान्सम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८४५ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५३८ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको संख्या घटेको पाइएको छ । जबकी माघ मसान्तसम्म उक्त ऋणीको संख्या ५८६ रहेको थियो । 

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४३ अर्ब ४८ करोड ५९ लाख, ऋण लगानी ३३ अर्ब ८९ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैैंकको ऋण लगानी पनि घटेको छ । माघ मसान्तसम्म बैंकले ३३ अर्ब ८५ करोड ९ लाख रुपौयँ ऋण लानी गरेको थियो ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पँुजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६९ करोड र कुल सम्पत्ति ५१ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।