शीर्षकहरू

५ जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय, एक नम्बरमा कुँवर

५ जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय, एक नम्बरमा कुँवर

काठमाडौं । नेपाल प्रहरीका पाँच जना डिआइजीलाई मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।   

अतिरिक्त महानिरीक्षकमा बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।