aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

‘आईएमई पे’को नयाँ अफर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Prabhu Bank
Motor Head
‘आईएमई पे’को नयाँ अफर सार्वजनिक
nabil bank
LBF

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडले  नयाा योजना सार्वजनिक गरेको छ । ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक भएको हो । 

यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् । 

हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले ए हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् । सो रकम  विजेताको वालेटमा लोड हुनेछ । यो अफर चैत्र १ देखि १५ गतेसम्म चल्ने छ । 

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको जनाइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस