शीर्षकहरू

हकप्रद निष्काशनको तयारीमा जलविद्युत कम्पनीकै बर्चश्व

हकप्रद निष्काशनको तयारीमा जलविद्युत कम्पनीकै बर्चश्व

काठमाडौं । हकप्रद शेयर निष्कासनका हाल ६ कम्पनीको निवेदन देखिएको छ । हाल बोर्डमा अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत, अरुण काबेली पावरले शतप्रतिशत, नेशनल हाइड्रोपावरले ५० प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत ,सिनर्जी पावर डेभलपमेन्टले ५० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि निवेदन पेश गरेका हुन । 

पछिल्लो समय सार्वजनिक निष्काशनमा जलविद्युत कम्पनीहरूको बर्चश्व देखिएको छ । आईपीओसँगै हकप्रद शेयर निष्कासनमा समेत जलविद्युत कम्पनीहरूकै बर्चश्व देखिएको हो । प्रारम्भिक सार्वजनिक निष्कासनमा पछिल्लो समय निरन्तर रुपमा जलविद्युत कम्पनीको आईपीओ आईरहदा हकप्रद शेयर निष्कासनका लागि निवेदन दर्ता गराएका कम्पनीहरूमा पनि जलविद्युत कम्पनीकै बर्चश्व देखिएको छ ।

जलविद्युत कम्पनीहरूले ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था लागू भएसँगै धेरै जसो जलविद्युत कम्पनी हकप्रद निष्कासनको तयारीमा जुटेका छन् । बोर्डमा निवेदन दिएका कम्पनीहरूभन्दा वाहेक आधा दर्जन कम्पनीहरूले हकप्रद निष्कासनको लागि घोषणा गरिसकेका छन् ।

केहि वर्षअघि धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयरको वाहुल्यता रहेकोमा पछिल्ला वर्षहरूमा जलविद्युत कम्पनीहरूको वाहुल्यता देखिएको हो । हाल बोर्डमा निवेदन दिएका ६ कम्पनीहरू र हकप्रद निष्कासनका लागि घोषणा अन्य ६ कम्पनी गरी १२ कम्पनीमध्ये ११ जलविद्युत कम्पनीहरू रहेका छन् ।

छयाङ्दी हाइड्रोपावरले १५० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीले २०० प्रतिशत, लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत, रिडी पावर कम्पनीले ५० प्रतिशत, बलेफी हाइड्रोपावरले ५० प्रतिशत र अपि पावरले ४० प्रतिशत हकप्रद निष्कासनका लागि घोषणा गरेका हुन ।