aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष सहित ९ जना उद्योगीले सफाइ पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
Prabhu Bank
Motor Head
उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष सहित ९ जना उद्योगीले सफाइ पाए
nabil bank
LBF

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकासहित ९ जना उद्योगीले सफाइ पाएका छन् र विशेष अदालले सिद्धार्थ मिनरल्स, सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्स एण्ड आयलका निपेश तायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठले सफाइ पाएका हुन ।

विशेष अदालतबाट ९ जना खानी तथा भूगर्भ विभागका कर्मचारीले पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सिमेन्ट उद्योग सञ्चालनका लागि दिइएको चुनढुंगा खानीको अनुमतिमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

शुक्रबार न्यायाधीश रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा दाबी नपुगेको भन्दै सफाइ दिने फैसला सुनाएको हो। एक साता लामो बहसपछि यो फैसला सुनाइएको हो।

प्रतिक्रिया दिनुहोस