शीर्षकहरू

डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ ।बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो । 

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा. भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।

“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने । स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए ।

सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएकी थिइन् । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।