aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

सूर्यज्योति लाइफले यस वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
Prabhu Bank
Motor Head
सूर्यज्योति लाइफले यस वर्ष लाभांश वितरण नगर्ने
nabil bank
LBF

काठमाडौं । साविकको सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको शेयरधनीहरूले यस वर्ष लाभांश नपाउने भएका छन् । साविकका यी दुई कम्पनी मर्ज भई गत पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । मर्जपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार कायम भएको छ । 

यी दुई कम्पनी नेपाल बीमा प्राधिकरणले तोकेको पूँजी रू. ५ अर्ब कायम गर्न मर्जरमा गएका हुन । मर्जरपछि पनि कम्पनीले कायम गर्नुपर्ने पूँजी अपुग देखिन्छ । चैत मसान्तभित्र रू. ५ अर्ब पूँजी कायम गर्नुपर्ने अवस्थामा सूर्यज्योति लाइफले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष दुबै कम्पनीको वितरणयोग्य मुनाफा रहेको भएपनि लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस