aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

आईपीओ निष्कासन गर्न आइएमई लाइफले बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
Prabhu Bank
Motor Head
आईपीओ निष्कासन गर्न आइएमई लाइफले बोर्डमा दियो निवेदन
nabil bank
LBF

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा फागुन २८ गते निवेदन पेश गरेको हो । 

प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. १७६ प्रिमियम थप गरी प्रतिकित्ता रू. २७६ मा आईपीओ निष्कासनका लागि कम्पनीले बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चाहेकै मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति पाए रू. ३ अर्ब ३१ करोड २० लाख बराबरको आईपीओ निष्कासनमा आउनेछ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस