aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

आईपीओ जारी गर्दै कालिञ्चोक हाइड्रोपावर, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
Prabhu Bank
Motor Head
आईपीओ जारी गर्दै कालिञ्चोक हाइड्रोपावर, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ
nabil bank
LBF

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनी ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त आईपीओ  निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनी अध्यक्ष इन्दिरा पन्त र आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका–८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ । 
 

प्रतिक्रिया दिनुहोस