शीर्षकहरू

फागुन महिनामा पिपुल्ससहित १४ सहकारी कालोसूचीमा

फागुन महिनामा पिपुल्ससहित १४ सहकारी कालोसूचीमा

काठमाडौं । ‘सहकारीका सञ्चालकहरु फरार’, ‘सहकारीका कार्यालय घेराउ’, ‘सहकारी सञ्चालक जेल चलान’ लगायतका समाचार शीर्षकहरु आम बन्न थालेको वर्ष कटिसक्यो । अहिले एक पछि अर्को गर्दै सहकारीहरु कालोसूचीमा परेका र नियामक निकायहरुले बन्द गर्न आदेश दिएका घटनाहरु दैनिकजसो देखिन थालेका छन् । 

यसैक्रममा फागुन महिनामा मात्र दर्जनबढी सहकारी कालोसूचीमा परेको देखिएको छ । कर्जा सूचना केन्द्रका अनुसार फागुन महनिामा १४ वटा सहकारी कालोसूचीमा सूचीकृत भएका छन् । जसमा निकै चर्चित कान्तिपुर देखि पिपुल्स सहकारी समेत परेका हुन् । 

त्यसअलवा कालोसूचीमा परेका सहकारीमा चुरियामाई बचत तथा ऋण सहकारी संस्था, शिभम बचत तथा ऋण सहकारी संस्था, सबल पशुपालन सहकारी संस्था, मल्लिकार्जुन कृषि सहकारी संस्था, समान्ता सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, नमो बचत तथा ऋण सहकारी संस्था र मित्र मिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सोसाइटी लिमिटेड रहेका छन् । 

त्यस्तै यस अवधिमा कालोसूचीमा थपिएका अरु सहकारीमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभ र शिवालय सेभिङ एण्ड क्रेडिट को अपरेटिभ रहेका छन् ।

काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा चन्द्र ज्योति कोइराला, देवसागर लामा र पुष्पराज कोइराला रहेका छन् । 

तर, निजहरुका अनुसार चन्द्र ज्योति कोइराला र पुष्पराज कोइराला क्रमशः भकुण्डेबेशी र बनेपामा खोलिएका सो सहकारीका कर्मचारी मात्रै हुन् । त्यसैगरी देवसागर लामा बनेपा शाखाका पूर्व कर्मचारी थिए । जसले गत बैशाख अघिनै एकाउण्टेड पदबाट राजिनामा दिई रोशी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी समेत बनिसकेका छन् । 

त्यस्तै, कालोसूचीमा परेको अर्को चर्चित पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा कृष्ण दनुवार मुना खड्का, निर्मला न्यौपाने, पार्वती कार्की, पुनम तामाङ, सुनिता पोखरेल रहेका छन् ।

कालोसूचीमा परेको चुरियामाई बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा विजय कुमार गुप्ता, बिनिता देवी, विरेन्द्र प्रसाद कलवार, कृष्ण प्रसाद गुप्ता, प्रम भगत माली, रामयोद्धा साह, रमेश प्रसाद यादव रहेका छन् । 

त्यस्तै, शिभम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु चन्द्र देव यादव, फूलो देवी यादव, मिना कुमारी देवी, राम कुमार यादव, सञ्जित कुमार यादव, सत्यन्द्र प्रसाद यादव र सोनफी यादव रहेका छन् । 

केन्द्रका अनुसार सबल पशुपालन सहकारी संस्थाका सञ्चालकमा अविरल केसी, हरि प्रसाद तिवारी, केशरजंग अधिकारी क्षेत्री, मिन प्रसाद कोइराला, रञ्जित बहादुर थापा (सार्की), सन्तोष केसी, सरस्वती (थापा केसी) रहेका छन् ।

मल्लिकार्जुन कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन बहादुर शाही, चक्र बहादुर महरा, कवीराज धामी, कर्ण बहादुर चन्द, लोक राज पन्त, माया कुमारी पाण्डेय, सिद्धिराज सोती सुन्दर सिंह रावत सुनिल कुमारी सेठ्टी रहेका छन् ।

त्यस्तै, समान्ता सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा भुपेन्द्र राई र धिरज कुमार दास, नमो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अर्जुुन कुमार शाक्य, दिनेश तामाङ, मुना लक्ष्मी ताम्राकार, पुरुषोत्तम गुभाजु, राजेश अग्रवाल, रेश्मा बनेपाली, शिवराज श्रेष्ठ र सुभाव चन्द्र सिंह रहेका छन् । 

कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको मित्र मिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सोसाइटी लिमिटेडका सञ्चालकमा भिमलाल पौडेल, विजय लम्साल, गोपाल खनाल, किरण अधिकारी, कुशल पौडेल रमन पौडेल, रनिता थापा र संगिता रेग्मी सुवेदी रहेका छन् ।

त्यस्तै, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चलकमा धन बहादुर अधिकारी, मुना तिवारी, सरस्वती शर्मा, कमला बस्नेत, नेत्र कुमार गिरी, प्रेम कुमारी भुजेल, रेनुका भुजेल र सनिप कुमार भुजेल रहेका छन् ।

त्यसैगरी, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा रञ्जना खड्का, सन्तोष प्रधान र युव बहादुर कार्की रहेका छन् । त्यस्तै, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, भरत प्रसाद धिताल, जीवन थापा, र राम कुमार उप्रेती रहेका छन् ।

केन्द्रका अनुसार शिव शिखर बहुउद्देश्यीय को अपरेटिभका सञ्चालकमा लिलानाथ गौतम र सुशिल बाँनिया रहेका छन् भने शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभका सञ्चालकमा हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मालिम्बु, प्रताप राई, रोजिना कोइराला र सञ्जु अवाले रहेका छन् ।