शीर्षकहरू

सलिको नेपालकै दोस्रो ठूलोे निर्जीवन बीमा कम्पनी बन्यो

सलिको नेपालकै दोस्रो ठूलोे निर्जीवन बीमा कम्पनी बन्यो

काठमाडौं । सलिको नेपालकै दोस्रो ठूलोे निर्जीवन बीमा कम्पनी बनेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लाई बलियो कम्पनीको रुपमा स्थापित भएको घोषणा गरेका थिए । चुक्तापुँजीका हिसावले शिखर इन्स्योरेन्स पहिलो निर्जीवन बीमा कम्पनी रहेको छ । 

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जपछि निर्जीवन बीमा कम्पनी बनेको हो । सोमबार यी दुई कम्पनीको राजधानीमा एक कार्यक्रम गरि एकिकृत कारोबार समेत शुरु गरेका छन् ।  एकीकृत कारोबारको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका थिए । 

दुई कम्पनी मर्जपछि २ अर्ब ६२ करोड चुक्तापुँजी भएको निर्जीवन बीमा कम्पनी बनेको छ ।   नयाँ कम्पनीले आफ्नो प्रधान कार्यालयमा पूजा गरेर शुभकार्यको थालनी पनि गरेको थियो  । सोमबारु बसेको नयाँ सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीको तर्फबाट तीन–तीन जना सञ्चालक रहने गरी सञ्चालक समिति गठन  गरेको छ । 

साविकको सगरमाथा इन्स्योरेन्सको तर्फबाट अजिथ आर (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका), सिद्धार्थ मणि राजभण्डारी (संस्थापक समूह), गजेन्द्रलाल श्रेष्ठ (सर्वसाधारण समूह), साविकको लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट मनोहरदास मुल (संस्थापक समूह), अरुणराज श्रेष्ठ (संस्थापक समूह), कमल भटृराई (सर्वसाधारण समूह) रहेको सञ्चालक समिति बनेको  छ ।  

नयाँ समितिको अध्यक्षमा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सगरमाथाका  चंकी क्षेत्रीलाई नियुक्त गर्ने सहमति भइसकेको थियो । सोहीअनुसार अध्यक्ष चयन भएका मुलले बीमा प्राधिकरणका अध्यक्ष सिलवालसँग आज समक्ष पद तथा गोपनीयताको शपथ पनि लिइसके । 

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाले प्राधिकरणले दिएको छोटो समयलाई पनि सहि सदुपयोग गरेकोमा दुई कम्पनीलाई धन्यवादन दिएका थिए । उनले नेपालमा एकै प्रकारको उदेश्य भएका साना साना बीमा कम्पनी रहनुले नेपालको बीमाको पहूँच विस्तारमा अवरोध भइरहेको बताएका थिए । 

अध्यक्ष सिलवालले बीमाको दावी भुक्तानी छिटो र छरितो गर्न आह्ववान  ३० हजार रूपैया क्लेम लिन शाखाबाट नहुने अवस्था अन्त्य हुनुपर्ने समेत बताए। अध्यक्ष सिलवालले भने, ‘जति बढि क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पोर्टफोलियोको क्लेम दिदैन अब पोर्टफोलियो रोक्छौं ।’