शीर्षकहरू

बिहेको रथ देख्दा र डिजे बजेको सुन्नासाथ मुर्छा पर्छन् रामजीवन महतो

बिहेको रथ देख्दा र डिजे बजेको सुन्नासाथ मुर्छा पर्छन् रामजीवन महतो

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ५० वर्षीय रामजीवन महतोलाई विवाहको रथ देख्न हुँदैन। दमका बिरामी रामजीवन गाउँमा बिहेको डिजे बज्दा र रथ कुदेको देख्दा मुर्छा पर्छन्। छिमेकी कसैले आफ्नो छोराको विवाहमा जन्ती जार्नुपर्छ भनेर निम्ता गर्दा उनको मन छियाछिया हुन्छ।

२०७६ पौष २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका उनका छोरा चुरे तथा पर्यावरण अभियन्ता दिलिप ९ओमप्रकाश० महतोको क्रसर डनले हत्या गरेका थिए। दिलिपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

पर्यावरण जोगाउने अभियानमा लागेका निहत्था जवान छोरोलाई क्रसर डनले निमर्म हत्या गरिदिएपछि तीनवर्षदेखि उनी विक्षिप्त छन्। पापीहरुले खोसेको बेहुला बन्ने छोरोको यादले उनको मन भतभत पोलिरहन्छ।

‘दिलिप बिहे गर्ने उमेरका भइसकेका थिए। छोरालाई बेहुला बनाएर उसको बुबा बनेर डिलडालमा जन्ती जाने मन थियो। छोराको बिहेबारी गर्थे। घरमा लक्ष्मीरुपि बुहारी आउँथ्यो। उमंगमा हुन्थे। सबै घरपरिवारमा खुशी हुन्थ्यो,’ भावुक हुँदै रामजीवन भन्छन् ‘सब चौपट पारिदियो। ९दोसरके बेटाके वियाहमे डिजे बजैत देखैई छिय त हमर बेटाके याद अबैय, करेजा फटैत रहैय०।’

नेपालमा पीडित पक्षले गत्तिलो कानुन र न्यायको अनुभूति गर्न नपाएको उनी तर्क गर्छन्।
ट्याक्टरमा डिजेलसक्दा पनि छोरो दिलिपको याद आउने गरेको रामजीवन बताउँछन्। ‘गाडीमा केही ब्रिग्रदा फोन गर्ने बित्तिक्कै छोरा घरमा भएको बेला कुदेर आउँथ्यो। खाँचोको बेला दुईरचारजनालाई लिएर पनि आउँथ्यो। बुबाको औषधि छ कि सक्यो भनेर दिलिपले बराबर चेक गरिरहन्थ्यो,’ गहँभरी आँशु पाँदै रामजीवनले भन्छन् ‘अहिले उठ्ने हिम्मत हुँदैन। यो भन्दा राम्रो मै मरेको भए हुन्थ्यो जस्तो लागिरहन्छ।’

क्रसरवालाहरुले अहिले औरही खोला झन् तहसनहस बनाईदिएको उनी सुनाउँछन्। ‘क्रसर गुण्डाहरुले बनाएको खाल्डोमा सयौं ट्याक्टर पस्दा पनि खोलाको डिलबाट देखिँदैन। त्यति खाल्डो खनेर खोलालाई बर्बाद गरेको छ। कोही अवरोध गर्न खोज्दा दिलिपजस्तै सकाईदिने भनेर उनीहरुले धम्की दिन्छन्। सक्यो त दिलिप कसले के गर्‍यो रु कहाँ के भयो रु पैसा छ भने सबथोक गर्न पाईन्छ भनेर फुर्ति लाउँछन्,’ चिन्तित हुँदै रामजीवनले भने।