शीर्षकहरू

कोशी प्रदेशका सहकारी रजिष्ट्रार पोखरा रोयलमा

कोशी प्रदेशका सहकारी रजिष्ट्रार पोखरा रोयलमा

कास्की । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय सुनसरीका रजिष्ट्रार हरिबहादुर खत्री सहितको टोलीले पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसंग समसामयिक सहकारीको विषयमा छलफल तथा अन्तरकृया गर्दै अनुभव साटासाट गरेको छ । गण्डकी प्रदेशमा सञ्चालित सफल सहकारीहरुको असल अभ्यासहरु बुझ्न भ्रमण टोली पोखरा आईपुगेको हो । 

पोखरा रोयल सहकारीको तालिम हलमा सम्पन्न अन्तरकृया कार्यक्रममा संस्थाको गतिविधीका सम्वन्धमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्ग र कोशी प्रदेशको समग्र सहकारीको गतिविधीको बारेमा रजिष्ट्रार खत्रीले जानकारी गराएका थिए ।

हाल कोशी प्रदेशमा ४७४७ सहकारी संस्थाहरु सञ्चालनमा रहेको, प्रदेश अन्र्तगत सहकारीहरुको कूल ४ खर्ब ३५ अर्बको वासलात रहेको र सहकारी मार्फत करिब १२ हजार जनालाई प्रत्यक्ष रोजगारी दिईरहेको रजिष्ट्रार खत्रीले बताए । 

अन्तरक्र्रिया कार्यक्रममा कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अन्य अधिकारीहरु साथै पोखरा रोयल सहकारीका अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात भ्रमण दलका पदाधिकारीहरुले पोखरा रोयल सहकारीका महिला सदस्यहरुद्धारा सञ्चालित रोयल दिदीबहिनी किचनको पनि स्थलगत अवलोकन गरेका थिए ।