शीर्षकहरू

प्रुडेन्सियल इन्स्योरेन्सले चैत १६ गते बोलायो साधारण सभा

प्रुडेन्सियल इन्स्योरेन्सले चैत १६ गते बोलायो साधारण सभा

काठमाडौं ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १६ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २३ गते बसकेको कम्पनीको सञ्चालक समितिको बैठकले दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णग गरेको हो । साभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउने छ । 

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजारको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले यस वर्षको लाभांश प्रस्ताव संशोधन गरेको हो । कम्पनीले यस अघि ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो । 

उल्लेखित प्रस्तावहरूसँगै सभाले सञ्चालक समितिमा रित्त दुई सञ्चालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्तीलाई समेत सभाले अनुमादेन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।