शीर्षकहरू

आज कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम विवरण

आज कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम विवरण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।