शीर्षकहरू

डा. चन्द्र भण्डारीसँगको भेटघाटमा कडाइ, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

डा. चन्द्र भण्डारीसँगको भेटघाटमा कडाइ, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । फागुन ३ गते बेलुका आफ्नै निवासमा ग्यास लिक भएर बलेको स्पार्कका कारण गम्भीर घाइते बनेका भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी रहेको हो । 

खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा.भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक श्रोतले बताएको छ । चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन् । 

भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन् । उनले उपलब्ध गराएको जानकारी अनुसार डा. भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ ।

अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा कडाईका साथ प्रतिवन्द्ध लगाएको उनले बताएका छन् ।