शीर्षकहरू

प्रभु लाइफले व्यतित बीमालेखको नवीकरणमा शत प्रतिशत छुट दिने

प्रभु लाइफले व्यतित बीमालेखको नवीकरणमा शत प्रतिशत छुट दिने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छूट प्रदान गर्ने भएको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै फागुन २१ गतेदेखि आगामी २०८० वैशाख ३१ गतेसम्म पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा शत प्रतिशत छूट प्रदान दिने जानकारी दिएको हो ।

नेपाल बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेखसम्बन्धी निर्देशिमा २०७८’ को अधीनमा रही कम्पनीले सो छूट प्रदान गर्न लागेको हो । यसका लागि कम्पनीले केही शर्तहरू भने राखेको छ ।

ब्याज छूट गर्ने प्रयोजनका लागि दुई वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरूलाई मात्र समावेश गरिनेछ । साथै यस्तो छूट बीमा अवधिभरि एकपटक मात्रै प्रदान हुने कम्पनीले जानकारी गराएको हो ।