शीर्षकहरू

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् केको मूल्य कति पर्छ

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् केको मूल्य कति पर्छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको बजार मूल्य निर्धारण गरेको छ । समितिले आज आइतबारको लागि कृषि उपजहरुको न्यूनत, औसत र अधिकतम मूल्य तोकेको हो । 

आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो केजीको न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २२० रुपैयाँसम्म रहेको छ भने अंगुर हरियोको न्यूनतम् ११० रुपैयाँदेखि अधिकतम् १३० रुपैयाँ तथा अदुवा केजीको न्यूनतम ९० रुपैयाँदेखि अधिकतम् १०० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अनार प्रतिकिलो न्यूनतम् २८० रुपैयाँदेखि अधिकतम् ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम् १०० रुपैयाँदेखि अधिकतम् १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो ५०० रुपैयाँदेखि अधिकतम् ६०० रुपैयाँसम्म र आलु रातो प्रतिकिलो न्यूनतम् २२ रुपैयाँदेखि अधिकतम् २६ रुपैयाँसम्म रहेको छ । 

बाँकी विवरण विस्तृतमा हेर्नुहोस् :