शीर्षकहरू

साना किसान लघुवित्तले बोलायो साधारण सभा

साना किसान लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

आरएमडीसी लघुवित्तसँग मर्जर सम्झौता गरिसकेको यस कम्पनीले सभा मार्फत मर्जरका लागि स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि तय भएको १०० बराबर ८७ को शेयर स्वाप रेसियोलाई सभाले स्वीकृति प्रदान गर्नेछ । 

मर्जर अघि आफ्नो शेयरधनीहरूलाई गत वर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव समेत कम्पनीले गरेको छ । गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५६ करोड ४४ लाख १३ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ । 

साथै सर्वसाधारण शेयरधनीहरूबाट दुई जना सञ्चालकको कार्यकाल थप गर्ने विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते एक दि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २५ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।