aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

हुण्डाईको नयाँ ग्राण्ड आइ१० एनआईओएस नेपाली बजारमा सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
Global IME
हुण्डाईको नयाँ ग्राण्ड आइ१० एनआईओएस नेपाली बजारमा सार्वजनिक
DHI
nmb

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याच ब्याक सेग्मेन्टमा आफ्नो  लोकप्रिय मोडल ग्राण्ड आइ१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्राएको छ ।  हुण्डाई ग्राण्ड आइ१० एनआईओएसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।

अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्राण्ड आइ१० एनआईओएस कम्पनीले प्रवर्धन गरे जस्तै ‘मोर द मेरियर’ छ । पूर्व मोडलको तुलनामा ह्याच ब्याकको प्रतिस्पर्र्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ । 

हुण्डाई ग्राण्ड आइ१० एनआईओएस समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएका छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलइडी टायल लाइट्स जडितलाइटबारले नयाँ ग्राण्ड आइ१० एनआईओएसलाई विशिष्ट स्वरूप दिएको छ ।

त्यस्तै ग्राण्ड आइ१० एनआईओएसको अघिल्लो भागमा रहेकोपेन्टेड ब्याक र्याडिएटर ग्रिल र एलइडी डे टाइम रनिङ ल्याम्सले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै यसको १५ इनच डुयेल टोन स्टेल्ड ह्वील, प्रोजेक्टर हेड ल्याम्प, सार्क फिन ऐन्टेना र रुफ रायलले ग्राण्ड आइ१० एनआईओएसलाई अझ बढी आकर्षक बनाएको छ ।  

सुरक्षाको हिसाबले नयाँ ग्राण्ड आइ१० एनआईओएस पहिले भन्दा पनि बढी परिष्कृत र नबिनतम भएको कम्पनीको दावी छ । एमटी अप्सनमा इरा, म्याग्मा र स्पोर्ज भेरीयन्ट र एटीएम अप्सनमा म्याग्मा र स्पोर्ज भेरीयन्ट उपलब्ध रहने नयाँ ग्राण्ड आइ१० एनआईओएसको प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ ।  

नयाँ ग्राण्ड आइ१० एनआईओएसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई नेपाल उत्कृष्ट कारहरु संगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि चिर परिचित रहेको छ । 

प्रतिक्रिया दिनुहोस