शीर्षकहरू

भ्रष्टाचार आरोपमा नगरप्रमुख गुप्तासहित दुइ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा नगरप्रमुख गुप्तासहित दुइ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा दुइ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध मुद्दा दायर गरेको हो ।  

इन्जिनियर साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा नगरप्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको आयोगको भनाई छ । उनीहरुविरुद्ध आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । साथै उनीहरुसंग अख्तियारले एक लाख ४० हजार रुपैयाँ बिगो समेत माग गरेको छ ।