शीर्षकहरू

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।  

हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक वर्नी विथ आयोनिक ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो । जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन् । 

यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको छ । जुन हालसम्मको मुल्याङ्कनमा सब भन्दा बढी जनाएको छ ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुराना कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् । 

नेपालका विद्युतीय सवारी साधनहरुमा हुन्डाई इभीहरु अग्रपंत्तिमा रहेका छन् । यी इभी हरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ । 

प्रतिस्पर्धात्मक विद्युतीय सवारी साधनको बजारमा हुन्डाईले फ्युचरिष्टीक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो योजनाबाट ग्राहकहरुले कोना तथा आयोनिक ५ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउने छन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास लिएको कम्पनीले जनाएको  छ ।

एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरुमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ । 

यस कम्पनीले परिवर्तनशिल नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ्ग स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।