शीर्षकहरू

प्रधानमन्त्रीको  दोहा भ्रमण रद्द, परराष्ट्रमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण पनि रद्द

प्रधानमन्त्रीको  दोहा भ्रमण रद्द, परराष्ट्रमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण पनि रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द भएको छ । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम रद्द भएको हो । । नेपालमा पछिल्ला दिनमा विकसित भएको राजनीतिक परिर्वतनका कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।

 परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण पनि प्रधानमन्त्री दाहाल प्रचण्डले रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् ।