शीर्षकहरू

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यस अघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव २०७८ साल पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । 

उक्त प्रस्तावलाई रद्द गर्दै हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन सम्बन्धि निर्णय गरेको हो । विद्युत नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि स्वीकृति माग गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ५५ हजार ५०० रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद शेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू. ९६ करोड ७४ लाख ४३ हजार ७५० पुग्नेछ । यस कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ५ करोड २६ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ । यस अवधिसम्म कम्पनी रू. १ करोड १२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

पछिल्लो समय जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रद मार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।