शीर्षकहरू

यी चार मन्त्रीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

यी चार मन्त्रीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

काठमाडौं । सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चारैजना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । 

गत पुस १० गते बनेको नयाँ गठबन्धनमा सहभागी भएको राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।

सरकारमा लिङ्देन उप्रधानसहित उर्जा तथा सिंचाईं मन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाई राज्यमन्त्री भएका थिए । 

शुक्रबार साँझ बालुवाटारमा बसेको माओवादी केन्द्रसहितको बैठकले आठदलीय गठबन्धन बनाउने निर्णय गरेसँगै राप्रपा सरकारबाट बाहिरिएको हो ।